बैशाख २३, २०८१, आइतबार
               

सुचना माग्न गएका युवकमाथि कुटपिट

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

बारा । बाराको सुवर्ण गाउँपालिकामा सूचना माग्न गएका युवकमाथि निर्घात कुटपिट भएको छ ।

गाउँपालिकाको कार्य प्रगति बारे सूचना माग्न गएका स्थानीय विनोद कुमार यादवलाई कवहीगोठ बस्ने संजिब प्रसाद यादव, बिरेन्द्र प्रसाद यादव , कन्हैया प्रसाद यादव र रजित प्रसाद यादवले कुटपिट गरेका हुन् ।

उनले शुक्रवार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दर्ता गराएका छन् । भने हातपात गर्ने व्यक्तीहरू भारततर्फ भागेको बताइएको छ ।

गाउँपालिकाको कार्य प्रगति बारे सूचना नदिदाँ गाउँपालिकामा विकास निर्माणका नाममा जनप्रतिनिधि र कर्मचारीहरुले आपसी मिलेमत्तोमा चरम भ्रष्टचार भएको हुन सक्ने स्थानीयले बताएका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि