बैशाख २१, २०८१, शुक्रबार
               

भक्तपुरमा डलर देखाई लुटपाट गर्ने समूह एउटै परिवारका सदस्य

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

भक्तपुर । भक्तपुरमा विगत केही समयदेखि श्रृंखलाबद्धरुपमा डलर देखाइ लुटपाट गर्दै आएका समूह एउटै परिवारभित्रका सदस्य र प्रायः सबै एउटै स्थानका बस्ने रहेको खुल्न आएको छ ।

प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्नेक्रममा डलर देखाई लुटपाट गर्ने समूह काठमाण्डौं उपत्यकामा विभिन्न पेशा व्यवसाय गरी बस्ने एउटै परिवारका सदस्य र एकै स्थानमा बसोबास गर्ने छिमेकीहरु भएको खुल्न आएको हो ।

प्रहरीका अनुसार जग्गा व्यवसाय, ट्रक चालक, ट्याक्सी चालक र मजदुरका रुपमा कार्यरत एउटै परिवारभित्रका सदस्यहरुले  व्यापारी, व्यवसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई सस्तोमा डलर साट्ने बहानामा लोभमा पारी लुटपाट गर्दै आएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक केशवकुमार थेवेले जानकारी दिए ।
 


कस्तो लाग्यो ?

यो पनि