जेठ ०७, २०८१, सोमबार
               

अधिकारकर्मीले समेत बलात्कृतकै कमजोरी खाेज्दा....

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

काठमाडौं । अधिकारका क्षेत्रमा कार्यरतहरूले बलत्कारलगायतका महिलामाथि हुने यौन हिंसाका घटनामा महिलाकै कमजोरीलाई खोजिँदा पीडित महिला अझै पीडित भइरहेका बताएका छन् । 

त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभाग र महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालले आज आयोजना गरेको ‘महिला र दतिमाथिको बढ्दो अपराध’ विषयको वेभ छलफमा उनीहरूले कुनै पनि घटनामा पीडकलाई उन्मुक्ति दिएर पीडितको कमजोरी खोजिने प्रवृत्ति हट्न नसकेको बताए । 

महिला अधिकारवादी डा. रेणु राजभण्डारीले अहिले पनि बलात्कृत महिलालाई समाजले बिटुलीएको र परिवारको इज्जत जान्छ भन्ने रुपमा लिने गरेको उल्लेख गरिन् । अधिकारकर्मी र मिडियाले पनि पीडितको कारवाही भए/नभएको कुरामा ध्यान दिए पनि महिलामा परेको सामाजिक, मानसिकलगायतका असरबारेमा ध्यान नदिएको उनले औँल्याइन्- “अहिलेसम्म धेरै राजनीतिक बहस भए पनि अबका दिनमा रुपान्तरणमुखी सामाजिक बहसको खाँचो छ ।”

पत्रकार तथा सामाजिक अभियानकर्मी कनकमणी दिक्षितले अबको बाटो सामाजिक शिक्षा नै भएको औल्याए । सामाजिक, नैतिक शिक्षा र सहअनुभूतिका कुरा बालबालिकालाई सिकाउन खाँचो रहेको उनको भनाइ छ । महिला हिंसाका घटना नेपालमा मात्रै नभएर संसारभर भइरहे पनि मुलधारकै मिडियामा पनि कमजोर र शक्तिहिन महिलाका रुपमा चित्रण गरिने गरेको बताए, “युट्युबलगायतका मिडियाको नियन्त्रणको कुरा उठिरहँदा यससँगै वाक स्वतन्त्रताको विषय जोडिएको छ ।”

सामाजिक अभियानकर्मी गौरा नेपालीले पाठ्यक्रममा रहेको जातीय विभेदका विषयवस्तु हट्न नसकेको औँल्याए । पाठ्यक्रममा दलितलाई तल्लो जातका रुपमा चित्रण गरिएकाले यस समुदायका बालबालिकामा आफू तल्लो जातको हुँ भन्ने भावना विकास भएको उनको भनाइ छ । कतिपय शिक्षित व्यक्तिले समेत दलितका विषयप्रति संवेदनशील हुन नसकेको उनको आरोप छ । उनले भने, “डिग्री पढेका व्यक्तिमा समेत समान भए आरक्षण किन चाहियो र समान नभए विभेद किन नगर्ने भन्ने सोचाइ पाइन्छ ।”


कस्तो लाग्यो ?

यो पनि