मंसिर ०७, २०८१, शुक्रबार
               

चाडपर्व लक्षित ‘विशेष सुरक्षा योजना’ लागू हुँदै

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ । चाडपर्व नजिकिँदै गर्दा आपराधिक घटना बढ्ने भएकाले यस्तो योजना लागू गरिने भएको हो । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चाँडै नै विशेष सुरक्षा योजना लागू गर्नेछन् ।

आगामी कात्तिक १ गतेबाट नेपालीको महान चाड वडादशैँ सुरु हुँदैछ । दशैँमा आपराधिक घटना बढी हुने सम्भावना भएकाले विशेष सुरक्षा योजना लागू गर्न लागिएको हो । चाँडै नै सरक्षा योजना कार्यान्वयनमा ल्याउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने ‘दशैमा सर्वसाधारणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्दै बजार, यात्रा र वितरणमा सुशासन ल्याउनका लागि सुरक्षा अनुगमनलाई तीव्रता दिइने छ ।’

जनकराज दाहाल, प्रमुख जिल्ला अधिकारी, काठमाडौँ

यस्तै विशेष सुरक्षा योजना तयार पारी कार्यान्वयनमा ल्याउन थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले बताए ।

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार पारी कार्यान्वयनमा ल्याउन थालिएको छ, सुरक्षा व्यवस्थालाई अझ बढी सबल र सुदृढ बनाउन बढी भीडभाड हुने बजार र वित्तीय क्षेत्रलगायत स्थानमा सादा पोशाकका प्रहरी परिचालन गरिने छ,’ उनले भने ।

श्याम ज्ञवाली, प्रहरी प्रमुख, काठमाडौँ

प्रहरीलाई सूचना आउना साथ कालोबजारी गर्ने व्यापारी र यौनजन्य क्रियाकलापन संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने उनले बताए । यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालले यात्रुलाई सहजताका लागि चाडपर्वको समयमा १० ठाउँमा सहायता कक्ष स्थापना गर्न लागिएको बताए ।

भीम ढकाल, प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखा

उनले भने ‘यात्रुबाट बढी भाडा लिए नलिएको अनुगमन गर्नका लागि आठ वटा टोली खटाइएको र ती टोलीले बसमा बसेर भाडाको अनुगमन गर्ने छन् ।’ बुधबार मात्रै बढी भाडा लिने पाँच जना र शनिबार पनि पाँचवटा गाडी व्यवसायीलाई कारवाही गरिएको ढकालले बताए ।


कस्तो लाग्यो ?

यो पनि