जेठ ०७, २०८१, सोमबार
               

हुम्लाको सीमा क्षेत्रमा चिनियाँले गरे नेपाली टाेलीमाथि आक्रमण

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

हुम्ला । हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्कन थालेकाे नेपाली टाेलीमाथि चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरी आक्रमण गरेका छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही नेतृत्वकाे टाेली अनुगमनबाट फर्कने क्रममा चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका हुन् ।

नाम्खा गाउँपालिकासँग जाेडिएकाे चीनसँगकाे सीमास्तम्भकाे अनुगमनका क्रममा चिनियाँ पक्षले टियर ग्यास प्रहार गरेकाे अनुगमन टाेलीमा रहेका गाउँपालिकाका उपाध्यक्ष पेना लामाले बताए ।

‘५, ६, ७ र ८ नम्बर सीमा स्तम्भकाे अनुगमन गरेर फर्किँदै गर्दा ९ नम्बर सीमास्तम्भ नजिकै टियर ग्यास प्रहार भयाे’, उनले भने, ‘मेराे आँखामा सामान्य चाेट लागेकाे छ ।’


कस्तो लाग्यो ?

यो पनि