जेठ ०३, २०८१, बिहीबार
               

महेसपुर चोकमा लुम्बिनी प्रदेशकै नमुना घण्टाघर बन्दै

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

नवलपरासी । परासी बजारको सौन्दर्यकरण गर्न रामग्राम नगरपालिकाले बजारमा घण्टाघर निर्माण गरिरहेको छ । 

बजारको आकर्षण बढाउन र बुद्ध नगरीको पहिचान गराउने उद्देश्यले नगरपालिकाले ७२ लाख रुपैयाँमा महेसपुर चोकमा घण्टाघर निर्माण गरिरहेको हो ।

घण्टाघर पेगोडा शैलीमा निर्माण भइरहेको छ । यस घण्टाघरको माथिल्लो भागमा पित्तलको गजुर राखिने छ, त्यसभन्दा तलको भागमा घडी मेसिन राखिने छ । 

त्यस्तै बिचको भागमा बुद्धको प्रार्थना चक्र र तल रामग्राम स्तुपको झल्को दिने सजावट हुने रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए । 

यो घण्टाघर लुम्बिनी प्रदेशकै नमुना घण्टाघर हुने र यस्तो डिजाईनको घण्टाघर नेपालमै नरहेको नगरपालिकाको दावी छ ।  

घण्टाघरको निर्माण यसै आर्थिक मसान्तमा सम्पन्न हुने बताइएको छ । निर्माणको ठेक्का अभियन्ता कन्सट्रक्स बुटवललाई दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि