जेठ ०२, २०८१, बुधबार
               

राससकर्मी बास्तोलालाई ‘ऋषि लिला पत्रकारिता’ पुरस्कार

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

कास्की । पोखरा बृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषि लिला पत्रकारिता पुरस्कार २०७७’ बाट राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयमा कार्यरत पत्रकार हरि बास्तोला पुरस्कृत हुने भएका छन् ।

पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिक तथा सडक मानवबारे निरन्तर आवाज उठाउँँदै आएका बास्तोलालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले बताए । पुरस्कारको राशी नगद २० हजार रुपैयाँ रहेको छ ।

नेपाल  पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलको संयोजक तथा पत्रकारहरु माधव पनेरु र दुर्गा अधिकारी सदस्य रहेको प्रतिभा सिफारिस समितिले बास्तोलालाई पुरस्कार प्रदान गर्न सिफारिस गरेपछि बृद्धाश्रमले उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

केही दिनमा विशेष समारोहकाबीच सो पुरस्कार बास्तोलालाई प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए । अध्यक्ष पराजुलीले आफ्ना माता पिताको स्मरणमा सो पुरस्कार स्थापना गरेका थिए । सो पुरस्कारबाट यसअघि पत्रकार चट्याङ, मास्टर र दीपेन्द्र श्रेष्ठ पुरस्कृत भईसकेका छन् ।

बास्तोला यसअघि गजेन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार, आदित्यध्वज पत्रकारिता पुरस्कार, प्रेस चौतारी कास्की पत्रकारिता पुरस्कार, नेपाल पर्वतारोहण संघबाट सञ्चालित पत्रकारिता सम्मानलगायत पुरस्कारबाट पुरस्कृत भईसकेका छन्। विसं २०४५ मा राससबाट उनले पत्रकारिता सुरु गरेका थिए । – रासस


कस्तो लाग्यो ?

यो पनि