जेठ ०२, २०८१, बुधबार
               

सरकारी कार्यालयमा ‘ट्राफिक नियम’

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

ट्राफिक प्रहरीले उपत्यकाका सरकारी कार्यालयमा ‘ट्राफिक सचेतना’ सम्बन्धि होर्डिङ बोर्ड राख्न सुरु गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक नियम सम्बन्धी मुख्य, मुख्य व्यावहारिक र जीवनउपयोगी बुँदा राखेर तयार गरिएको होर्डिङ बोर्ड राख्न सुरु गरेको हो । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सरकारी कार्यालयमा होर्डिङ बोर्ड राख्न सुरु गरिएको जानकारी दिए । ‘चालकलाई आफ्नो जिम्मेवारीप्रति बोध गराई सडक सभ्यतालाई जीवन पद्धतीको रुपमा विकास गर्न यो अभियान सुरु गरिएको हो’, उनले भने । ट्राफिक व्यवस्थापनका लागि सडक पूर्वाधार, कानून कार्यान्वयन र सडक सचेतना आवश्यक रहेको उनको भनाइ थियो । 

महाशाखाले उपत्यकाका मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताललगायतका क्षेत्रमा उक्त होर्डिङ बोर्ड राखेको हो । 

सवारी चालक र सडक प्रयोगकर्ताले पालना गर्नुपर्ने ट्राफिक नियमहरू जानकारी हुँदा जिम्मेवार नागरिक भई सडकमा प्रस्तुत हुने र त्यसबाट सडक सभ्यताको विकास भई ट्राफिक व्यवस्थापनमा सहयोग हुने महाशाखाले जनाएको छ । 

महाशाखाले उपत्यकाका विभिन्न कार्यालयमा ४०० होर्डिङ बोर्ड राख्ने बताएको छ ।

यो पनि