जेठ ०३, २०८१, बिहीबार
               

तीन दिनपछि भेटिए बिप्सन, सविताविरुद्ध अपहरण मुद्दा दर्ता !

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

तनहुँ । मङ्गलबार दिउँसोदेखि हराएका एक बालक आज बिहान सकुशल भेटिएका छन् ।

व्यास नगरपालिका–३ निवासी पवन श्रेष्ठका ६ वर्षीय छोरा बिप्सन हराएकामा फेला परेका हुन् । 

अपरिचित ३० वर्षीया सविता परियारविरुद्ध बालक अपहरण मुद्दा दर्ता गरिन लागेको बालकका काका एवं अधिवक्ता त्रिभुवन श्रेष्ठले बताए ।

ती महिलालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखी प्रहरीले अनुसन्धान थालेको छ । 

ती महिला ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी  कास्की बाघमारा माइती गएको हुन सक्ने खुलेपछि प्रहरीले तदारुकता देखाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । 

घरपरिवारमा कसैलाई जानकारी नगराई बालक लिएर गएकाले परिवारले दिएको जाहेरीका आधारमा मुद्दा अघि बढाइने उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि