जेठ ०३, २०८१, बिहीबार
               

भरतपुर महानगरपालिका एक दिनका लागि बन्द

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

चितवनको भरतपुर महानगरपालिका आज एक दिनका लागि बन्द गरिएको छ । 

तत्कालीन भरतपुर नगरपालिकाका पूर्वनगर प्रमुख हिमबहादुर पियाको आज बिहान निधन भएको शोकमा आज एक दिनका लागि महानगरपालिका बन्द गरिएको प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालय आज एक दिनका लागि बन्द रहने जानकारी गराएको हो । 

महानगरपालिका प्रमुख रेनु दाहालले स्व. पियाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेकी छिन् ।

पियाले तत्कालीन नारायणगढ गाउँ पञ्चायतका प्रधानपञ्च, २०४२ सालमा भरतपुर नगरपालिकाको जनपक्षीय नगर प्रमुख र २०५४ मा भरतपुर नगर प्रमुखका रूपमा निर्वाचित भई भरतपुरको विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।


कस्तो लाग्यो ?

यो पनि