जेठ ०३, २०८१, बिहीबार
               

यतीको सिमरा उडान सुरु : कति छ भाडा ?

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौं नजिकको सिमरा गन्तव्यमा उडान सुरु गरेको छ ।  
 
कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो ।

यो यतीको नवौँ र प्रदेश नं २ मा दोस्रो गन्तव्य हो । एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर आजदेखि सिमरा उडान शुरु गरिएको जानकारी दिए । 

उनका अनुसार आज नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९:१० बजे पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४:४५ बजे हुनेछ । “अब सिमरा नियमितरुपले दैनिक दुई उडान हुनेछन् र यात्रुको माग भए उडान सङ्ख्या थप गर्न सकिनेछ । 

उच्च सर्तकता अपनाएर उडान सुरु गरेकाले यात्रुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ”, प्रवक्ता बर्तौलाले भने ।
 
आज पहिलो दिन काठमाडौं-सिमरा-काठमाडौं उडान गर्ने यात्रुमध्ये गोलाप्रथामार्फत एक जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइनेसमेत उनले जानकारी दिए । 

यतीले हालका लागि प्रमोशनल भाडा काठमाडौं–सिमरा–काठमाडौंको एकतर्फी भाडा एक हजार ९९९ रुपैयाँ तोकेको छ । यी गन्तव्यको टिकट एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ । 

विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन् । 

यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा र तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

यो पनि