बैशाख २३, २०८१, आइतबार
               

पशुपति क्षेत्रको 'नयाँ गुरुयोजना'बारे बोले गगन थापा

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ ‘गुरुयोजना’ गुरुयोजना नै नभएको भन्दै खारेज गर्न माग गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै नेता थापाले गुरुयोजनाको निर्माण प्रक्रिया र सामग्री नै नमिल्ने भन्दै यसको खारेजीको माग गरेका हुन् ।

उक्त क्षेत्रका संघीय सांसद समेत रहेका थापाले नयाँ गुरुयोजना खारेज गर्नुपर्ने र पुरानो गुरुयोजनाको समीक्षा गरेर सबै सरोकारवालाको सहभागितामा वास्तविक गुरुयोजना बनाउन माग गरेका हुन् ।

‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै । यो गुरुयोजना नै हैन ! अतः यसलाई खारेज गरौँ’, उनले लेखेका छन्, ‘पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ । तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो ।’

पशुपति क्षेत्रको विकासका लागि बनाइएको नयाँ गुरुयोजनाको स्थानीय र सरोकारवालाहरुले विरोध गर्दै आएका छन् ।

यो पनि