जेठ ०२, २०८१, बुधबार
               

बलात्कार घटना गुपचुप पार्ने पक्राउ

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

बझाङ । जिल्लाको मष्टा गाउँपालिकामा भएको बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन् । बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको भन्दै प्रहरीले मष्टा गाउँपालिकाको खिकालाबाट सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।

मष्टा गाउँपालिका वडा नं ३ का वर्ष २४ का झलक दमाइ, वडा नं २ का वर्ष २५ का लालबहादुर बोहरा, वर्ष ५७ का धनचढी बोहरा, वर्ष ४५ कि थमकला दमाई, वर्ष ५७ का पिरु दमाई र वर्ष ५५ का गल्फे बोहरालाई प्रहरीले पक्राउ गरेकाे हाे । सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा  पक्राउ गरिएका राजेन्द्र बोहरा यो घटनामा संलग्न थिए । प्रहरीका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर पाँच सय जरिवाना तिराई सो घटना गाउँमै पञ्चायतको काम गरी गुपचुप मिलाएका थिए ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए ।


कस्तो लाग्यो ?

यो पनि