बैशाख १७, २०८१, सोमबार
               

बिहे गर्छु भन्दै गिफ्टको लोभ देखाएर हुने ठगी अझै रोकिएन

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

काठमाडौं । विभिन्न सामाजिक सञ्जालमार्फत गिफ्ट पठाइदिने भन्दै ठगी गर्ने समूह अझै पनि संक्रिय भएको खुलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले यसरी ठगी गर्ने एक महिलालाई नियन्त्रणमा लिएको हो । रुपन्देही सैनामैना नगरपालिका वडा नम्वर ११ सालझण्डी  घर भएकी ३१ वर्षीया सीता भुषाललाई नियन्त्रणमा लिएको हो ।

उनले विभिन्न मानिसलाई फेसबुकमा विदेशी नाम गरेको व्यक्तिको आइडी खोली ठगी गर्ने गरेको महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए । आफू लण्डनमा रहेको र विवाह गर्छु भन्दै गिफ्ट पठाउने भन्दै ठगी गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको हो ।

यहि शैलीमा धेरै पहिला देखि नै ठगी गर्ने गिरोह संक्रिय रहेका छन् । त्यसैले प्रहरीले चिन्दैनचिनेका मानिससँग सामाजिक सञ्जालबाट चाँडै नजिकिन र आफ्ना गोप्य कुराहरु सेयर नगर्नसमेत अनुरोध गरेको छ । कसैले यसरी गिफ्ट पठाउने भन्दै पैसा मागे प्रहरीलाई खवर गर्नसमेत अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि