जेठ ०२, २०८१, बुधबार
               

त्रिविका उपप्राध्यापकमाथि विश्वविद्याय परिसरमै रड प्रहार

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को एक समूहले त्रिभुवन विश्वविद्यालयका एक उपप्राध्यापक माथि आक्रमण (रड प्रहार) गरेको छ।

मंगलबार त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघको एक समूहले रड प्रहार गरेको हो ।

विश्विद्यालय केन्द्रीय क्याम्पस परिसरभित्रै रहेको नेपाल बैंक लिमिटेडको शाखा कार्यालयबाट विभागतर्फ गइरहेका उपप्राध्यापक चलाउनेलाई नेविसंघका कार्यकर्ताले बाटैमा रोकी आक्रमण गरेको विभागका एक प्रध्यापकले जनाकारी दिए ।

दुई वटा मोटरसाइकलमा आएकाहरुले उनीमाथि आक्रमण गरेका थिए ।

आक्रमणबाट गम्भीर घाइते भएका उपप्राध्यापक चलाउनेको मेडीसिटी अस्पतालमा उपचार भइरहेको छ । 

उनको दाइने खुट्टा भाँचिएको र देब्रे खुट्टा र टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।

विभागीय प्रमुखको नियुक्तिको विषयलाई लिएर डेढ महिनादेखि विभागको कार्यालयमा तालाबन्दी गरेका नेविसंघका कार्यकर्ताले यसअघि पनि उनलाई धम्क्याउँदै आएको बताइएको छ ।

नेविसंघका कार्यकर्ताले आफ्नो पक्षका टीका गौतम विभागी प्रमुख हुनुपर्ने भन्दै आन्दलोलन गर्दै आइरहेका छन् । अहिले समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा प्रध्यापक युवराज लुइँटेल छन् ।


कस्तो लाग्यो ?

यो पनि