जेठ ०२, २०८१, बुधबार
               

भाइरसले मरे पाँच हजारभन्दा बढी कुखुरा

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

चितवन । कुखुरामा एच नाइन भाइरस देखिएपछि चितवनका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । 

भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पालेका पाँच हजारभन्दा बढी लेयर्स जातका कुखुरा मरेका हुन् । 

ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ ।

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन भाइरस पुष्टि भएको थियो ।

मरेका कुखुरालाई गाडिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा. दयाराम चापागाईले जानकारी दिए । 

“काठमाडौंमा परीक्षण गर्दा एच नाइन देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौं, नयाँलाई मारेका छैनौं ” उनले भने । 


कस्तो लाग्यो ?

यो पनि