जेठ ०२, २०८१, बुधबार
               

रोकिएन भारत पस्ने क्रम : 'सन्तानको पालनपोषणभन्दा चाडपर्व ठूलो होइन'

नेपाल फ्ल्यास
असोज २०, २०७७

फाइल फोटो
ADVERTISEMENT

कैलाली । दशैं र तिहारमा मुग्लानबाट फर्किइ परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ । बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका छन् ।  

कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट सोमबार बिहान मात्रै २३७ जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन् । ‘विगत वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउने घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो ।’ जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने, ‘मजदुरीका लागि भारत जानेहरु चाडपर्वको मुखमा पनि जाने क्रम रोकिएन ।’

सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो, भारत । कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता मात्रै यहाँका नाकाहरुबाट मात्र झण्डै दुई लाख नागरिक स्वदेश फर्किएका थिए ।गाउँमा रोजगारी नपाइनुले पनि उनीहरु कोरोना कहरकै बीच पुनः भारत रोजगारीका लागि जाने क्रम गत महिनादेखि शुरु भएको हो ।

त्यसैगरी लालाबालासहित भारतको पञ्जाव गइरहेका भीमदत्तनगरपालिका–९ का कल्लु टमाटाले चाडपर्वका बेला घर आउने समयमा आफूहरु बाध्यताले विदेशिनु पर्ने भएको बताए । ‘छोरा-छोरीको पालनपोषण भन्दा ठूलो चाडपर्व होइन ।’ उनले भने,  ‘ज्यान रहे त पर्व र खुशीहरु कहाँ जालान् ।’ सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित युवाहरुलाई स्वरोजगार लक्ष्यसहित कृषि तथा पशुतर्फ रोजगारी दिन आवदेन लिएको छ । तर भारत जाने क्रम भने रोकिएको छैन । 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जंगबहादुर मल्लले बन्दाबन्दीमा सात महिनादेखि बेरोजगार युवाहरु बाध्यताले चाडपर्वका बेला भारत गइरहेको बताए । उनले 'विपन्न समुदायमा छाक टार्न समेत धौ-धौ हुने' स्थित देखिन थालेको बताए ।

बजार, व्यवसाय कोरोनाका कारण धराशायी रहेको उनले यस्तो महाकष्टका बेला बजारमा भीडभाड पनि नगर्न आग्रह समेत गरे । ‘स्वास्थ्यस्थितीको कुरो भएकाले पनि यस बर्ष दशैंमा चहलपहल गर्नु हुदैन ।’ अध्यक्ष मल्लले भने ‘आर्थिक चपेटाका बीच पनि स्वास्थ्यप्रति संबेदनशील हुने बेला हो ।’ सोमबार गड्डाचौकी नाकाबाट २४५ जना र गौरीफन्टा नाकाबाट ३४४ जना स्वदेश फर्किएका थिए । 

गड्डाचौकीनाकाबाट भारत मजदुरीका लागि जाँदै गरेका लालझाँडी गाउँपालिकाका पुरन रानाले आफू भारतको सिमाला गइरहेको बताए । ‘यो स्याउ टिप्ने मौसम हो ।’ उनले भने, ‘हामीले स्याउ टिपेर कमाएको पैसाले घर खर्च चल्छ ।’ लकडाउनका बेला घर फर्किएका रानाले घरखर्च चलाउन समस्या हुन थालेपछि भारत जान लागेको गुनासो सुनाए । 


कस्तो लाग्यो ?

यो पनि