जेठ ०२, २०८१, बुधबार
               

नेपाल–भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

कलैया । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।

आज सम्पन्न बैठकमा विशेषगरी भारतको विहार राज्यमा हुन गइरहेको दोस्रो चरणको राज्य सभाको निर्वाचनलाई दृष्टिगत गरी सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थापन बारे छलफल भएको बताइएको छ । यसका साथै बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रण सम्बन्धी सूचना आदानप्रदान एंव शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुबै पक्षबीच सहमति भएको बैठकपछि बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितले जानकारी दिए ।

भारतका तर्फबाट विहारका पूर्वी चम्पारणका डिएम सिर्शक कपिल अशोकले सीमा क्षेत्रमा हुने चोरी निकासी तथा तस्करी नियन्त्रण, कोभिड–१९ को प्रभाव नियन्त्रण गर्न असल अभ्यासहरुको अदानप्रदान गरि सामूहिक रुपमा अगाडी बढने, भारतको विहारमा दोस्रो चरणमा हुन लागेको राज्य सभाको निर्वाचनलाई स्वच्छ एंव मर्यादित रुपमा सम्पन्न गर्नका लागि तीन दिन सीमानाका सिल गर्ने र सो समयमा यातायात र मानिस आवतजावत समेत पूर्ण रुपमा बन्द गर्ने सहमति दुबै पक्षबीच भएको बताए ।    

बैठकमा नेपालको तर्फबाट भारत विहार राज्यको पूर्वी तथा पश्चिमी चम्पारण जिल्लासँग जोडिएको नेपालका रौतहट, बारा, पर्सा, चितवन र नवलपरासीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख र वीरगञ्ज भन्सार कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

बैठकमा नेपालका तर्फबाट २६ र भारतको तर्फबाट २३ जना गरी कूल ४९ जनाको सहभागिता रहेको थियो । 


कस्तो लाग्यो ?

यो पनि