बैशाख १७, २०८१, सोमबार
               

पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाविरुद्ध स्थानीयद्वारा प्रदर्शन

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका-८का स्थानीयवासीले पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै प्रदर्शन गरेका छन् । पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको उनीहरुले सोमबार विरोध प्रदर्शन गरेका हुन् ।

पशुपति क्षेत्रको विकासको नामामा परापूर्वदेखिको मासी स्थानीय संस्कृति तथा जात्राको विनास गर्न लागेको उनीहरुको आरोप छ । 

गुरुयोजनाले स्थानीय धार्मिक, समाजिक, सांस्कृतिक सम्पदा नष्ट गर्ने भएकाले त्यसको जगेर्नाका लागि गुरुयोजना खारेज गर्न माग गर्दै आन्दोलनमा उनीहरु आन्दोलनमा  उत्रिएका छन् । 

काठमाडौं महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष दिनेश सिंह डंगोेलले पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायहरुसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको बताए ।

उनको पनि यस क्षेत्रको धर्म, संस्कृति, जात्रा, पर्वको विनास हुने गरी गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषले गत साउन महिनामा सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ ।कोषले तयार पारेको १ सय वर्षे गुरुयोजनाले कालान्तरमा भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।

कोषले २०५२ सालमा तयार गरेको पहिलो गुरुयोजना २०५६ सालमा स्वीकृत भएको थियो भने २०५८ सालदेखि लागू भएको थियो । पुरानो योजनाको समीक्षा नगरिकन नयाँ गुरुयोजना तयार पारिएको ले पनि विरोध गर्नुपरेको स्थानीयले बताएका छन् ।

यो पनि