बैशाख १७, २०८१, सोमबार
               

छोराले कुटपिट गर्दा बुबाको मृत्यु

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

गुल्मीमा आफ्नै छोराले बाबुलाई कुट्दा बुबाको मृत्यु भएको छ । इस्मा गाउँपालिका-४ दोहोलीका ६० वर्षीय दीलबहादुर बस्नेतका छोरा अनिलको कुटपिटबाट सोमबार मृत्यु भएको हो । 
 
साँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकराज पन्थले जानकारी दिए ।  घाइते बस्नेतलाई थप उपचारका लागि साँझ तम्घास अस्पताल ल्याइएको थियो । 

मुख र छातीमा गम्भीर चोट लागेका दिलबहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर गर्‍यो,  तर मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो । 

अस्पताल डुलाउँदा डुलाउँदै सोमबार बिहान ४ बजे बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्त अनिल फरार  छन् ।

यो पनि