जेठ ०२, २०८१, बुधबार
               

बलात्कारी र मतियार पक्राउ

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

काठमाडौं । बलात्कारको घटना मिलाउने पञ्चसहित बलात्कारमा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

सिराहाको विष्णुपुर गाउँपालिका– १ मा १२ असोजमा भएको बलात्कार घटनालाई पाँच लाख रुपैयाँकाे प्रलोभनमा मिलापत्र गराउने पञ्चसहितका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय शत्रुधन साहको घरमा गत १२ गते २० वर्षीय मुकेशकुमार साहले १६ वर्षीया किशोरीको बलात्कार गरेकाे र घटना ढाकछोप गरी अभियुक्तलाई उन्मुक्ति दिलाउन उद्देश्यले गाउँघरमै मिलाउन गाउँमा पञ्चायत बसेको थियो । 

पञ्चायतमा बसेका मानिसहरुले पीडकको आफन्त ऋणीद्वय सिंहेश्वर साह र शत्रुधन साहसँग ५ लाखको कपाली तमसुक कागजसमेत गराई जगबीर यादवको जिम्मा राखी मिलापत्र गरेको गरेकाे थियो ।

उक्त मिलापत्र कागज र तमसुकसहित प्रहरीले बलात्कारी र मतियार गरी ९ जनालाई पक्राउ गरेकाे हाे । 

पक्राउ पर्ने बलात्कार अभियुक्त विष्णुपुर गाउँपालिका–१ का २० वर्षीय मुकेशकुमार साहसहित मिलापत्र गराउने काममा संलग्न ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरबिन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय रामउदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय श्यामसुन्दर यादव छन् ।


कस्तो लाग्यो ?

यो पनि