जेठ ०२, २०८१, बुधबार
               

अब सवारी साधन हराए वा चोरी भए प्रहरीमा निवेदन घरबाटै दिन मिल्ने

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको वा चोरी भएको सवारी साधनको निवेदन अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ । प्रविधिमैत्री बनाउँदै आजबाट निवेदन अनलाइनबाट नै दिन मिल्ने व्यवस्था मिलाइसकेको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

महाशाखाले हराएको वा चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि सफ्टवेयर सञ्चालनमा ल्याएको एसएसपी ढकालले बताए ।

'अब निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको छ र सेवाग्रहीले घरैबाट निवेदन दिनसकिने छ,' एसएसपी ढकालले भने ।

निवेदन दिनको लागि सवारी धनीले अब ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ। वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाइन एप्लिकेसन भित्र रहेको लस्ट भेहिकल एप्लिकेसन (Lost Vehicle Application) मा क्लिक गर्नुपर्ने हुन्छ ।

 त्यसपछि सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

माग भएअनुसार सबै विवरण भरिसकेपछि सेभ अप्सनमा क्लिक गरेपछि निवेदकले एप्लिकेसन नम्बर प्राप्त गर्न सक्नेछ र सेवाग्राहीले अनलाइनबाटै सवारी साधन फेला परे नपरेको थाहा पाउन चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पूरा नामथर र सवारी नम्बर राखेर चेक गर्नुपर्नेछ ।

यस अघि लाइसेन्स, बिल बुक र पर्मिट हराएको निवेदन र सिफारिस लिन ट्राफिक महाशाखा धाउनुपर्ने बाध्यताको समेत अन्त्य गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि