जेठ ०३, २०८१, बिहीबार
               

नवलपरासीमा महिलाको कान काटेर गहना लुटियो

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती जंगलमा लुटेराले एक महिलाको दुवै कान काटेर गहना लुटेको छ । आइतबार बिहान कावासोतीस्थित बुढाैली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना लुटिएको हो ।

तुलसीका श्रीमान् दण्डपाणीका अनुसार कान काटेर २ वटा ठूला मडहरी (रिंग) लुटेका हुन् । उनको टाउकोमा पनि चोट लागेको छ । तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ । जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटर पूर्वतर्फको जंगलमा ती महिला लुटिएकी हुन् ।

प्रहरीले जंगलको बाटो हुँदै बजारतर्फ आउँदै गर्दा कान काट्ने लुटेराको खाजी भइरहेको दाबी गरेको छ । चाडबाड नजिकिँदै गर्दा हरेक वर्ष चोरी र लुटपाटको घट्ना बढने गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि