जेठ ०३, २०८१, बिहीबार
               

रुपन्देही बन्दले जनजीवन प्रभावित, दर्जन ठाउँ निषेधित क्षेत्र

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

बुटवल । प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावका बिरुद्ध नेपाली काँग्रेसले आह्वान गरेको रुपन्देही बन्दको बिहानैदेखि प्रभाव देखिएको छ ।

बन्दका कारण मुख्य राजमार्ग सुनसान जस्तै देखिएको छ भने भित्री सडकहरुमा फाट्ट फुट्ट साना सवारी गुडेका छन् । बुटवलको भित्रि बजारहरुमा खुद्रा पसलहरु खुलेपनि मुख्य बजारमा भने पसल खुलेका छैनन् ।

स्थानीय प्रशासनले आज बिहानबाट लागुहुने गरी बुटवल उपमिहानगरका बिभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । 

निषेधित क्षेत्र कार्यान्वयन गराउन प्रशासनले मध्यरातिदेखि नै बुटवलमा रहेका प्रदेशसभा क्षेत्र तथा प्रदेश मन्त्रालयको सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरेको छ ।

बुटवलको सुरक्षा अवस्था थप कडा बनाउन रुपन्देही आसपासका जिल्लाहरुबाट समेत सशस्त्र र नेपाल प्रहरीको थप फौज मगाइएको बताइएको छ ।

स्थानीय प्रशासनले प्रदेश मन्त्रालय र प्रदेश सभाको सुरक्षा भन्दै बुटवल उपमहानगरको अधिकांश भागमा आजबाट असोज २१ गते साँझ ६ बजे सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रदेश ५ को राजधानी दाङ लैजाने प्रदेश सरकारको निर्णयको विरोधमा कांग्रेस ३ दिनदेखि सडकमा उत्रिरहेको छ । हिजो बेलुका बुटवलमा मा मसाल जुलुस निकालेको थियो ।

आईतबार बिहान रुपन्देहीका उद्योग ब्यवसायसंग सम्बन्धित पेशागत सञ्जालले पनि बिरोध प्रदर्शन गर्दैछ भने जिल्लाका १६ वटा स्थानीय सरकारले सरकारको निर्णयको बिरोध जनाएका छन् । 

शनिबार बसेको नेकपाको प्रदेश ५ प्रदेशसभा संसदीय दलमा १४ सभासदले फरक मत दर्ता गराएका थिए ।

पेशागत सञ्जालले साबिक लुम्बिनीका सभासदहरुलाई प्रदर्शनमा सहभागि हुन आग्रह गरेको सञ्जालका सदस्य रुपन्देही ब्यापार संघका अध्यक्ष यम लोहनीले बताए । सञ्जालले सोमबार साबिक लुम्बिनी अञ्चलका जिल्लाहरुमा बन्दको आह्वान गरेको छ ।

निषेधित क्षेत्र

विरोध प्रदर्शन चर्किन थालेपछि रुपन्देही प्रशासनले बुटवलका करिब दर्जन ठाउँलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा हुन प्रशासनले रोक लगाएको छ ।

सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको हो ।

शनिबार राति साढे ८ बजे सूचना जारी गरी प्रशासनले असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको छ । प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न नपाइने प्रशासनको सूचनामा उल्लेख छ ।

यस्तै मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।


कस्तो लाग्यो ?

यो पनि