जेठ ०४, २०८१, शुक्रबार
               

दोस्रो 'नेपाल-इन्डिया फ्रान्चाइज इन्भेस्टमेन्ट एक्स्पो' हुँदै

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

काठमाडौंस्थित भारतीय राजदूतावासले उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज डट कमसँगको सहकार्यमा दोस्रो 'नेपाल-इन्डिया फ्रान्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ' आयोजना गर्ने भएको छ ।

एक्स्पो (सम्मेलन) यही असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म (तीन दिन) सञ्चालन हुनेछ । थ्रिडी टेक्नोलोजीसहितको भर्चुअल प्लेटफर्म मार्फत तीन दिने सम्मेलन आयोजनाका गर्न लागिएको हो । 

यस सम्मेलनको पहिलो संस्करण गत मे २०१९ मा सम्पन्न भएको थियो । सो सम्मेलनमा भारतका ७० तथा नेपालका २० वटा अग्रणी ब्राण्डको सहभागिता थियो । 

नेपालका दुई हजारभन्दा बढी उद्यमीको सहभागिता रहेको उक्त सम्मेलनले विभिन्न ब्राण्डहरुसँग सहकार्य तथा व्यापार विस्तार गर्ने अवसर प्रदान गरेको थियो । सो सम्मेलनमा ५० भन्दा धेरै व्यापार साझेदारी सहकार्य समेत भएको थियो । 

यस पटकको (दोस्रों सम्मेलनले भारतका प्रतिष्ठित ब्राण्डलाई नेपाल ल्याउन र नेपालका ब्राण्ड भारतमा पुर्याउन थप मद्दत गर्नुका साथै प्रविधि तथा व्यवहारिक ज्ञान आदानप्रदानलाई समेत प्रेरित गर्ने बताइएको छ ।

यो पनि