जेठ ०३, २०८१, बिहीबार
               

आइटेक दिवस : कोभिड-१९ व्यवस्थापनबारे ज्ञान तथा अनुभव आदनप्रदान

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

काठमाडौंस्थित भारतीय राजदूतावासले “कोभिड–१९ व्यवस्थापन बारे ज्ञान तथा अनुभव आदानप्रदान” विषयक वेबिनार आयोजना गरेको छ ।

शनिबार आयोजित वेबिनारमार्फत भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस २०२० को ५६ औं वार्षिकोत्सव मनाइएको हो । 

आइटेक भारतको महत्वपूर्ण क्षमता अभिवृद्धि सहयोग प्रयास कार्यक्रम हो, जुन नेपाल लगायत विश्वका १६० विकासशील राष्ट्रहरुमा सञ्चालित छ । 

कोभिड–१९ महामारीले निम्त्याएको चुनौतीबारे आफ्ना विचार तथा अनुभव आदनप्रदान गर्नका लागि नेपालबाट आइटेकका विशिष्ट भूतपूर्व छात्रछात्रा तथा नेपाल भारतका सरकारी अधिकारी र विज्ञहरु वेबिनारमा सहभागी थिए । 

वेबिनारमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र नेपाल सरकारका नायव महान्यायाधिवक्त्ता पद्म प्रसाद पाण्डेको उपस्थिति थियो । 

त्यसैगरी भारतको तर्फबाट बायोटेक्नोलोजी विभागकी सल्लाहकार डा. अल्का शर्मा र हैदराबादस्थित भारत बायोटेक इन्टरनेशनल लिमिटेडकी सह–प्रबन्ध निर्देशक एवम् सह–संस्थापक सुचित्रा एलालगायतको पनि कार्यक्रममा सहभागिता थियो ।

नेपालका लागि भारतीय राजदूत क्वात्राले आइटेक प्रयास कार्यक्रम अन्तर्गतका सहकार्य नेपालमा मौलिक क्षमता अभिवृद्धि गर्न जारी द्विपक्षीय सहयोगको सराहना गरे । 

राजदुत क्वात्राले दुई देशबीच महामारी नियन्त्रणका लागि भएको सहकार्यबारे चर्चा गरे । जसअन्तर्गत भारतले गत अप्रिल यता रेमडेसिभिर लगायतका अत्यावश्यक औषधि, पिसिआर टेष्ट किट तथा आइसीयू भेन्टिलेटर जस्ता सामाग्री नेपाललाई सहयोग गर्दै आएको स्मरण गरे । 

अन्य वक्ताहरुले पनि महामारी नियन्त्रण र निकट भविष्यमा खोप उपलब्धताको सम्भावनाबारे आ–आफ्नो विचार प्रस्तुत गरेका थिए । 

भारत सरकारको प्रायोजनमा गत अप्रिलयता भारतका प्रमुख शैक्षिक संस्थाहरुमा कोभिड–१९ महामारी संकट र यसको व्यवस्थापन सम्बन्धी ई–आइटेक कोर्ष अध्ययनमा भाग लिएका झण्डै १०० जना इ–आइटेकका पूर्व छात्रछात्राले यस वेबिनारमा 
 विचार आदनप्रदान गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि