जेठ ०३, २०८१, बिहीबार
               

बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गर्‍यो

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

काठमाडौैं । बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

सो टोलीले ६ हजार १९ मिटर  अग्लो लोबुचे हिमाल शनिबार सफलतापूर्वक आरोहण गरेको हो । सगरमाथा आरोहणका लागि नेपाल भ्रमणमा रहेका उनीहरुले  सो हिमाल शनिबार बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेका हुन् । 

लकडाउनका कारण नेपालको पर्यावरण यात्रा ओझेलमा परेका बेला यो सिजनको पहिलो हिमाल  आरोहण नै यही हो । राजकुमारसहितको सो टोली  हिमाल आरोहणका लागि गत भदौ ३१ गते काठमाडौं आएको थियो ।

उक्त टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको छ ।उनीहरु करिब दुई महिना नेपाल बस्नेछन् । 

यो पनि