जेठ ०२, २०८१, बुधबार
               

जुवा खेलिरेहका १२ जना पक्राउ

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

कञ्चनपुर । भिमदत्त नगरपालिका–१० गड्डाचौकीबाट जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कञ्चनपुर भिमदत्त नगरपालिका–११ का ५० वर्षीय पदम बोहोरा, ६ का ३८ वर्षीय शंकर पाण्डेय, १० का ४० वर्षीय नरेन्द्र सुनार, ९ का ४० वर्षीय करन सिंह कार्की, ११ का ६३ वर्षीय पदम सिंह खत्री, ११ का ४२ वर्षीय देवराज ओझा र १० का ३८ वर्षीय नन्दराज जोशी रहेका छन् । 

यस्तै भिमदत्त नगरपालिका–११ का ५६ वर्षीय कमल गुरुङ, ११ का ४८ वर्षीय करण सिंह सुनार, १० का ४९ वर्षीय दिल्लीराज जोशशी, १० का ३८ वर्षीय गोपाल कार्की र १० का २५ वर्षीय दिपक राज जोशी रहेको प्रहरीले जनाएको छ ।

स्थानीय गोपाल कार्कीले सञ्चालन गरेको कार्की होटल एण्ड लजमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार उनीहरुलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

जुवा खालबाट ४५ हजार ६०० रुपैयाँ र तीन बुक तास बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डीएसपी अमर थापाले बताए । 

उनीहरुले प्रयोग गरिरहेको मोबाइल समेत बरामद गरी थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए । 


कस्तो लाग्यो ?

यो पनि