जेठ ०२, २०८१, बुधबार
               

गान्धीको सम्झनामा वेबिनार, यसरी सम्झिए गान्धीलाई

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

काठमाडौं । गान्धी जयन्तीका अवसरमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले बेविनार आयोजना गरेको छ । 

वेबिनारमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गान्धीको विचारलाई विश्वले मानवतावादी विचारको रुपमा मान्यता दिएको बताए  । उनले धेरै नेपाली गान्धीको मानवतावादी विचारबाट प्रभावित भएको बताए । 

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले रंगभेदी लडाईमा गान्धीको योगदान व्यवहारिक रहेको बताए । उनले गान्धीको जन्मदिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा स्वीकारेर संयुक्त राष्ट्रसंघले उनको विचारको सम्मान गरेको धारणा राखे । 

क्वात्राले यस अवसरमा नेपालका गान्धी विचारका प्रचारक तुलसीमेहर श्रेष्ठको पनि स्मरण गरे । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाल र नेपालीप्रति गान्धीको अगाध स्नेह रहेको बताए । उनले आफ्ना पिता गणेशमान सिंहले गान्धीबाटै प्रभावित भएर प्रधानमन्त्री पद त्यागेको बताए ।

भारतीय जनतापार्टीका विदेश मामला प्रमुख विजय चौथाइवालेले सत्य, अहिंसा र करुणा गान्धी दर्शनको मूल पक्ष भएको धारणा राखे । उनले गान्धीको दर्शनबाट विश्वले सधै मानवताको पाठ सिक्ने बताए । 

जनता समाजवादी पार्टिका वरिष्ठ नेता राजेन्द्र महतोले गान्धी दर्शन स्वदेशीपनमा आधारित जीवनपद्धति र अहिंसामा आधारित अर्थ राजनीतिको समिश्रण रहेको बताए ।

नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले सनातन धर्मको गहनता गान्धीको विचारमा गहिरोसँग जोडिएको बताए । 

त्यस्तै, नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक दीपक अधिकारीले समाज र राष्ट्रको मौलिक विकासका लागि गान्धी दर्शन महत्वपूर्ण हुनसक्ने धारणा राखे ।

यो पनि