जेठ ०३, २०८१, बिहीबार
               

राजधानी प्रस्तावित क्षेत्रमा जग्गा किनबेच र कित्ताकाट रोक्का

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी प्रस्ताव गरिएको क्षेत्रमा जग्गा कारोबार अनिश्चितकालका लागि रोक्का गरेको छ ।

प्रदेश मन्त्रिपरिषद बैठकले दाङको राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका वडा नम्बर १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नम्बर ८ र ९ मा जग्गा कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

प्रदेश ५ को मन्त्रिपरिषद बैठकले अर्घाखाँचीको शीतगंगाको वडालाई समेत समेटेर दाङको भालुवाङमा स्थायी राजधानी बनाउने र नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेको छ ।

अर्को आदेश नभएसम्मका लागि ती क्षेत्रमा जग्गाको किनबेच र कित्ताकाट रोक्का गरिएको प्रदेश सरकारले जनाएको छ । 

राजधानी प्रस्तावित क्षेत्रमा जग्गाको अस्वाभाविक कारोबार बढ्ने भएकाले यस्तो निर्णय गरिएको हो । 

यसअघि दाङको बेलझुण्डी क्षेत्रमा प्रदेश राजधानी रहने चर्चा चल्दा जग्गाको अस्वाभाविक कारोबार भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि