जेठ ०३, २०८१, बिहीबार
               

राँगाको मासु खाँदा टोलभरिका १४ जना सिकिस्तै

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

कञ्चनपुर । राँगाको मासु खाँदा भीमदत्त नगरपालिका–१३ सोनापुर टोलका १४ जना बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नम्बर १२ का बंगला चदाराले काटेको राँगाको मासु खाँदा १४ जना बिरामी भएका हुन् । बिरामी हुनेमा सहवीर तामाङ, लक्ष्मी तामाङ, हरिश तामाङ, चेतन तामाङलगायत रहेका छन् ।  

उनीहरुको महाकाली अस्पतालमा उपचार भैरहेको छ । बिरामीमा झाडापखाला, ज्वरो, बान्ता भएको अस्पतालले जनाएको छ । राँगो काटेर मासु बिक्री गर्ने चदारालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

‘बिहीबार राति राँगाको मासु खाएर सुतेका थियौं,’ स्थानीय विनोद लुहारले भने, ‘बिहान नहुँदै राँगाको मासु खाएका टोलका सबैजनामा झाडापखाला, ज्वरोसँगै बान्ता हुन थालेपछि उपचारका लागि महाकाली अस्पतालमा उपचारका लागि पुगेका छौं ।’ बिरामी हुनेमा महिला, वृद्धवृद्धा, बालबालिकासमेत रहेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि