जेठ ०४, २०८१, शुक्रबार
               

महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा विभिन्न संघ संस्थालाई बस तथा एम्बुलेन्स उपहार

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतले महात्मा गान्धीको १५१औँ जन्मजयन्तीको अवसरमा नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई बस तथा एम्बुलेन्स उपहार दिएको जानकारी दिएको  छ ।

नेपालका लागि भारतीय राजदूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहारस्वरुप प्रदान गरेको  जानकारी दिएको हो ।

भारतले सन् १९९४ देखि हालसम्म लगभग ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ । त्यस्तै हालसम्म १६० वटा स्कुल बस वितरण गरी सकेको छ । एड्भान्स लाइफ सर्पोर्ट अन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस पनि रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि