बैशाख २४, २०८१, सोमबार
               

डा. केसीसँग सरकारले वार्ता गरी समस्या हल गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले अनसनरत डाक्टर गोविन्द केसीसँग भेट गरेका छन् । सरकारले यो बेला गोविन्द केसीको अनसन वर्तमान समयमा असान्दर्भिक भएको भनेकै भोलिपल्ट पूर्वराष्ट्रपति यादवले अनसनस्थल त्रिवि शिक्षण अस्पताल गएर उनीसँग भेट गरेका हुन् ।

डा. केसी चिकित्सा क्षेत्रको सुधारलगायत माग राख्दै १९ दिनदेखि अनसनरत  छन् । भेटपश्चात पूर्वराष्ट्रपति यादवले केसीका माग सरकारले वार्तामार्फत पूरा गर्नुपर्ने बताए ।

‘सत्याग्रहमार्फत जनताको माग उठाएकाले सरकारले वार्तामाफत समस्या समाधान गर्नुपर्छ,’ पूर्वराष्ट्रपति यादवले भने, ‘डाक्टर केसीले प्राणकै आहुति दिनतया जनताको माग उठाउनुभएको छ । सरकारले पनि वार्तामार्फत नै यसको समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’

डा. गोविन्द केसीको यो १८औँ अनसन हो । बिहीबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले चिकित्सा शिक्षा सुधारको माग राखेर अनसनमा बसेका डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि