जेठ ०३, २०८१, बिहीबार
               

सिरहामा ११५ वर्षीय ज्येष्ठ नागरिक सम्मानित

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

सिरहामा ११५ वर्षीय ज्येष्ठ नागरिक सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसमा मुक्ति नेपाल सिरहाले  पौष्टिक आहार प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरको हो । 

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सिरहा नगरपालिका १२ निवासी ११५ वर्षीय बौवालाल सिंह र ७० वर्षीय लक्ष्मण दासलाई संस्थाले दोसल्ला ओढाएर सम्मान गरेको हो ।

ज्येष्ठ नागरिक दिवस हरेक वर्ष १ अक्टोबरमा मनाइन्छ । सन् १९९१ मा मनाउन यो दिवस  हरेक वर्ष विविध कार्यक्रमहरूका साथ मनाइन्छ ।तर, यस वर्ष कोभिड-१९ को महामारीका कारण औपचारिक कार्यक्रम खासै हुन सकेनन् । 

संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १४ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पारित गरेको थियो । संयुक्त राष्ट्रसंघले सन् १९९१ अक्टोबर १ मा इन्टरनेसनल डे अफ ओल्डर पर्सन्स (अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस) को आरम्भ गरेपछि नेपालले पनि सन् १९९६ देखि यो दिवस मनाउन थालेको हो ।

बिहीबार महामारी : बुढ्यौली र उमेरको कारण ज्येष्ठ नागरिकलाई गरिने हाम्रो सम्बोधनमा परिवर्तन ल्याउछ  मूल नाराका साथ ज्येष्ठ नागरिक दिवस मनाइयो । 

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हक उल्लेख गरिएको छ यसका अलवा सो संविधानमा सामाजिक सुरक्षाको हक पनि उल्लेख गरिएको छ । यसैगरी ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३  पनि व्यवस्था गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि