जेठ ०३, २०८१, बिहीबार
               

एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

काठमाडौं । यातायात व्यवस्था विभागमा लगभग ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी छ । यातायात कार्यालयले दैनिक एक हजार ८०० को हाराहार वितरण गर्दै आएको छ । 

बन्दाबन्दीका कारण स्थगित वितरण कार्य असारदेखि खुला  भएको थियो  । कार्यालयले दिँदै आएको तीन सेवामध्ये छापिएर आएका अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ भने नयाँ अनुमतिपत्र हालका लागि स्थगन गरेको छ । 

काठमाडौं उपत्यकामा हाल चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ । सबैभन्दा बढी सेवाग्राहीको भीड भने एकान्तकुनास्थित कार्यालयमा देखिन्छ । अहिले पनि यहाँ खटिएका सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न कठिन भएको देखिन्छ ।

यो पनि