जेठ ०४, २०८१, शुक्रबार
               

कम्प्युटरको सहयोगमा विद्यालय शिक्षा

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

जाजरकोट । चार वर्षअघि विद्यालयमा गाईगोठ बनाएको भन्दै आलोचना खेपेको भेरी नगरपालिकाको शिवशंकर माध्यमिक विद्यालय कम्प्युटरको सहयोगमा शिक्षण गर्ने तयारीमा जुटेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नीरज आचार्यको पहलमा २० वटा कम्प्युटर पाएपछि विद्यालयमा प्राविधिको प्रयोग भएको हो ।

पाठ्यपुस्तकमा मात्र भएको तर कम्प्युटर नदेखेर पढिरहेको विद्यार्थी अहिले रमाइरमाई पढ्न थालेका छन् । यो विद्यालयसँगै भेरी नगरपालिकाकै दीपेन्द्र मावि भुर, भगवती मावि कुदु र शंकरभवन मावि बाहुनथानामा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटरसहितको ल्याब स्थापना गरिएपछि विद्यार्थी खुशी भएका छन् ।

विगत चार वर्षदेखि अमेरिकामा म्याराथुन दौडको आयोजना गरेर सोही माध्यामबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका इञ्जीनियर डा. ओम दाहालको सहयोगमा ती विद्यालयमा कम्प्युटर ल्याबको स्थापना गरिएको नेता आचार्यले बताए । प्रत्येक विद्यालयमा एक थान प्रोजेक्टर, एक थान प्रिन्टरसहित बाहुनथानामा १५ तथा जगतीपुर, भुर र कुदुमा २० वटाका दरले कम्प्युटर हस्तान्तरण गरिएको छ ।

विद्यार्थीलाई कम्प्युटरसम्बन्धी प्रयोगात्मक अभ्यास गराउन, विद्यालयका नियमित कामकाज गर्न, प्रोजेक्टरबाट पठनपाठन गर्न कम्प्युटर ल्याबले सहयोग पुर्याउने नेता आचार्यको भनाइ छ । कम्प्युटर ल्याब स्थापनामा पहल गर्ने नेता आचार्य र सहयोगकर्ता डा दाहाललाई विद्यालयले धन्यवाद दिएको छ ।

कम्प्युटर ल्याब स्थापनापछि विद्यालयमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउन शैक्षिक गतिविधिलाई सूचना प्रविधिमा जोड्ने मद्दत पुग्ने शिवशंकर मावि जगतीपुरका अध्यक्ष कालु हमालले बताए । यो भन्दा अगाडि सरकारले उपलब्ध गराएको कम्प्युटर विद्युत्को अभावमा थन्किँदै आएका थिए ।

आचार्यले आफूले बाल्यकालमा पढेको विद्यालयमा कम्प्युटर हस्तान्तरण गरेपछि स्थानीयवासी खुशी भएका छन् । जिल्लाका सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन जोड्ने क्रम जारी रहेका कारण अब जिल्लाका विद्यालयमा कम्प्युटरको पढाइ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सबै माविमा नेपाल दूर सञ्चार प्राधिकरणले इन्टरनेट सेवा यो भन्दा अघि नै पु¥याएको छ । कम्प्युटरबिनाका विद्यालयमा पुगेको इन्टनेटले मोबाइलमा फेसबुक चलाउनेबाहेक अन्य काम नभएको गुनासो आइरहेको बेला आचार्यको यो पहलबाट राम्रो प्रभाव परेको छ ।

कृषकका गुनासो सुन्न कल सेन्टर 

नेपालमै पहिलोपटक पोषण एप्स प्रयोगमा ल्याएको भेरी नगरपालिकाले फेरि कृषकका गुनासा सम्बोधन गर्न निःशुल्क टोल फ्रि नम्बर प्रयोगमा ल्याएको छ । ‘किसान कल सेन्टर’ नाम दिइएको उक्त फोन सेवा निःशुल्क हुने भेरी नगरपालिकाले जनाएको छ ।

नगरको कृषि शाखामा रहने उक्त कल सेन्टरमा कृषकले आफूलाई परेको समस्याबारे जिज्ञासा राख्दा समाधान पाउने अपेक्षा लिइएको छ । कृषकले अब १६६०८९४३००३ मा सम्पर्क गर्न नगरले अनुरोध गरेको छ । गाउँ–गाउँबाट सानो समस्य लिएर सदरमुकाम आउनुभन्दा फोनमार्फत समस्या राखेर समाधान भएमा समय र दुःख दुवै बच्ने नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि