जेठ ०४, २०८१, शुक्रबार
               

म्याद नाघेका सामाग्रीमा छापा, पाँच जना नियन्त्रणमा

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

महानगरीय अपराध महाशाखाले कलंकीस्थित लिंक मार्ग सुनारगाउँ, बाफलको दुई घरबाट ठूलो परिमाणमा मिति गुज्रेको स्नेकर, ट्याङ र ओरियो बिस्कुट लगायत दैनिक जीवनमा प्रयोग हुने सामग्री बरामद गरेको छ ।

आइएन डिस्टिब्यूर्टसबाट मिति गुज्रेको सामानलाई स्टिकर टाँस गर्दै मिति मेटाएर नयाँ मिति राखेर बजार पठाउने सामग्री बरामद गरिएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।

आइएन डिस्टिब्यूर्टसका सञ्चालक रौनक गोथ्रालाई बाफल र पुष्पा देवी अग्रवाल पुतलीसडकबाट पक्राउ गरिएको हो । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय र अपराध महाशाखाको टोलीले कंलकीको ५ वटा कोठामा राखिएको सामान र बाफलमा रहेको गोदाममा मुचुल्का उठाएर सिल गरेको छ ।

त्यस्तै आइएन डिस्टिब्यूर्टसका स्टोर किपर रौतहटका पप्पु शर्मा, महोत्तरीका श्याम प्रसाद सिंह र रौतहटका मुन्ना ठाकुर पनि पक्राउ परेका छन् । प्रहरीले सामानसँगै स्टिकर बनाउने मेसिन समेत बरामद गरेको छ ।

महाशाखाको टोलीले तीन वटा गोदाममा रहेका हजारौ सामग्री म्याद नाघेका र म्याद नाघेका सामग्रीहरूलाई पुनः स्टिकर टास गर्दै म्याद थप गरेको पाईएकोले बजारमा ठूलो परिणाममा यस्ता म्याद गुज्रिएको सामग्री विक्री वितरण भईरहेको महाशाखाका एसपी ईश्वर कार्कीले बताए  ।

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय र अपराध महाशाखाको टोलीले गोदामा छापा हान्दा म्याद नाघेका र म्याद नाघेका सामग्रीमा पुनः लेवलिङ गरी सामग्री बजार रडिपार्टमेन्ट स्टोर पठाएको देखेर उनीहरु चकित परेका थिए ।

म्याद नाघेर पुनः नयाँ म्याद राख्दै गर्दा गर्दा प्रहरीले उक्त गोदाममा छापा मारेको हो ।


कस्तो लाग्यो ?

यो पनि