कात्तिक ०६, २०८१, मंगलबार
               

जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्‍याउँछु : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन् । 

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका हुन् ।

‘तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार पुर्‍याइएको छ,’ उनले भने, ‘मैले निर्वाचनअघि नै घोषणा गरेको थिए । फेरि पनि भन्छु मेरै कार्यकालमा पाँच हजार पुर्‍याउँछु ।’

उनले जेष्ठ नागरिकलाई राज्यले प्रदान गर्दै आइरहेको अन्य सेवासुविधा पनि पर्याप्त नभएको भन्दै समयअनुसार परिमार्जन गर्दै लगिने बताए ।

‘ध्यान नपुगेको, मन नपुगेर भन्ने होइन । सबै पुगेको छ,’ उनले भने, ‘सामर्थ्यको सीमाले गर्दा पर्याप्त गर्न सकिएको छैन । यस क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा त्यस्तै छ।’ 

प्रधानमन्त्रीले आफू जहिले जहिले सरकारमा रहे त्यो समयमै जेष्ठ नागरिकका लागि महत्त्वपूर्ण काम भएको दाबी गरे । 

जेष्ठ नागरिकको सुरक्षा, जीवनयापना सरल बनाउने विषयमा सरकारले काम गरिरहेको उनले बताए । 

प्रधानमन्त्रीले आर्थिक विकासका पक्षहरुलाई अघि बढाएर लैजान सके मुलुकको भविष्य उज्ज्वल हुने धारणा राखे ।

यो पनि