कात्तिक ०६, २०८१, मंगलबार
               

निर्माणाधीन रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा आज गजुर राखिँदै

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं । निर्माणाधीन रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर राखिँदै छ । 

२०७२ सालमा आएको भूकम्पले क्षति पुगेको रानीपोखरीको पुनर्निर्माणसँगै सो मन्दिर पनि पुनर्निर्माण गरिएको हो । उक्त मन्दिर मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण गरिएको छ ।राजा प्रताप मल्लले रानीपोखरीको बीचमा बालगोपालेश्वर ग्रन्थकुट (शिखर) शैलीमा बनाएका थिए । 

जुन शैली १९९० सालको भूकम्पअघि सम्म थियो । तर, भूकम्पले मन्दिरमा क्षति पुर्‍याएपछि मन्दिर डोम शैलीमा मन्दिर पुर्ननिर्माण गरिएको थियो । 

रानीपोखरीको पुनर्निर्माण कार्य समपन्न भएसँगै यस वर्षको तिहारमा आफ्ना दिदीबहिनी नहुने दाजुभाइहरुले तिहारमा मन्दिरमा गई टीका लगाउन पाउने भएका छन् ।

विगतमा मन्दिरको पुनर्निर्माण नहुँदा दिदीबहिनी नहुनेहरु यहाँ आई टीका लगाउनबाट वञ्चित भएका थिए ।यो मन्दिर हरेक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला हुन्छ । 

यो पनि