कात्तिक ०६, २०८१, मंगलबार
               

बिहीबारदेखि दसैँ-तिहारलक्षित सुपथ पसल सञ्चालन

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबारबाट काठमाडौं उपत्यकामा दसैँ-तिहारलक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । 

मन्त्रालयले एक विज्ञप्ति निकाल्दै  असोज १५ देखि मंसिंर ६ सम्म सहुलियत पसल सञ्चालन हुने जानकारी दिएको छ । सुपथ मूल्यका पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेल तथा भक्तपुरमा सञ्चालन हुनेछन् । 

‘नेपालीहरुको महत्वपूर्ण चाड दसैँ, तिहार र छठलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्यमा सामान उपलब्ध गराउन लागिएको हो,’ सो विज्ञप्तिमा भनिएको छ ।

यसका अलवा सो विज्ञप्तिमा मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइन मार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत् अत्यावश्यक सामाग्री सुपथ मूल्यमा उपलब्ध गराउने उल्लेख छ । 

मन्त्रालयले उपभोग्य वस्तुहरुको मूल्य पनि सार्वजनिक गरेको छ। मन्त्रालयले नून प्रतिकेजी १८ रुपैयाँ, चिनी केजीको ७० र घ्यु लिटरको ८७० रुपैयाँ तोकेको छ । चिनी र नुन भने प्रति परिवार ४ केजी मात्रै लिन पाउने व्यवस्था गरिएको छ ।

मन्त्रालयले खसीबोका तथा च्यांग्रामा किलोको १०, चामलमा पाँच रुपैयाँ, दालमा पाँच, सिमिलगायत गेडागुडीमा १०, फापर तथा केराउमा पाँच रुपैयाँ प्रतिकिलो छुट दिने निर्णय गरेको छ।

सरकारले हरेक वर्ष दसैँ-तिहारलक्षित सहुलियत बजार सञ्चालन गर्दै आएको छ । सोहीअनुरुप यस वर्ष पनि त्यसैलाई निरन्तरता दिएको हो । 


कस्तो लाग्यो ?

यो पनि