कात्तिक ०६, २०८१, मंगलबार
               

साइकल सिटीको धमाधम हटाइँदै होर्डिङ बोर्ड (फोटो फिचर)

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरीले साइकल सिटी बनाउन धमाधम होर्डिङ बोर्डहरु हटाउन थालेको छ । 

पहिलो चरणअन्तर्गत सडक वरपरका मदिराको बोर्डहरु हटाइएको छ । 

सहर कुरुप देखिएकाले सडक वरपरका बोर्डहरु हटाउन सुरु गरिएको महानगरपालिकाका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

‘साइकल सिटी बनाउन पहिलो चरणमा मदिराहरुको बोर्ड हटाउने छौँ,’ उनले भने, ‘दोस्रो चरणमा घर बनाउन राखिएका सामानहरू हटाउँछौँ । तेस्रो चरणमा अव्यवस्थित गाडी हटाउने योजना छ ।’

यसैबीच, ललितपुर महानगरपालिका नगर प्रहरीले साइकल गस्ती सरु समेत गरेको छ । साइकल गस्तीको बुधबारदेखि औपचारिक रूपमा सुरुवात गरिएको हो ।

साइकल लिएर महानगरको गल्ली, टोल र चोकमा पुगेका नगर प्रहरीले महानगरभित्रको फुटपाथ अतिक्रमणलाई रोक्न सुरु गरेका छन् । 

बिग्रेको सडक, फुटेको ढलको बारेमा रिपोर्टिङ गर्छन् । त्यसै गरी सहरको सरसफाइलाई समेत उनीहरूले प्राथमिकतामा राखेका छन् ।

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जनतालाई सेवा दिन महानगरपालिकाले साइकल गस्तीको अवधारणा अघि सारेको बताइन् । 

ललितपुरलाई साइकल शहर बनाउने योजनाअन्तर्गत साइकललाई प्राथमिकता दिएको उनको भनाइ छ ।

हाल महानगरले नगरप्रहरीलाई १० वटा साइकल प्रदान गरेको छ । 

यो पनि