जेठ ०४, २०८१, शुक्रबार
               

मन्दिरमा बली दिन भारत लैजाँदै गरेका दुई युवतीको उद्धार

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई युवतीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट युवतीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताए । शंका लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका २ पुरुषलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकोमा १९ र २२ वर्षकी दुई युवतीरी रहेका छन् ।

भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका –४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीव कुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले बताए । नियन्त्रणमा लिएका एकले आफू किशोरीको आफन्त रहेको प्रहरी समक्ष बयान दिएका छन् ।

नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाको लागि भारत लैजाने सहमति अनुरुप आफू सुरक्षाका लागि सँगै आएको भनी उनले प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । सीमा पारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाको लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन् ।

भारततर्फ लैजानु पूर्व उनीहरुको उचाईसमेत नापिएको थियो । त्यसैगरी हातको रेखासमेत हेरी पुजाका लागि योग्य भनी ठहर गरिएको थियो । सीमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाबेला ध्यानमा बसेवापत दुई लाख रुपैयाँ रकम दिने भनिएको थियो । चौधरी थर भएका युवतीहरु निकै सोझा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।


कस्तो लाग्यो ?

यो पनि