जेठ ०३, २०८१, बिहीबार
               

पेप्सीकोलामा ग्यास सिलिन्डर बिस्फोट, पाँच जना घाइते

नेपाल फ्ल्यास
असोज १४, २०७७

ADVERTISEMENT

काठमाडौंको पेप्सीकोलाको एउटा घरमा ग्यास सिलिन्डर बिस्फोट हुँदा पाँच जना घाइते भएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका ९ हिमालयन टोलस्थित सुनिता कार्कीको घरमा भाडामा बस्नेको कोठामा ग्यास सिलिन्डर पड्किएको हो ।

घटनामा ५ जना घाइते भएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्ष बस्नेतले जानकारी दिए ।

घटनामा परी घाइते भएकामध्ये १ जना बालकलाई कीर्तिपुर अस्पतालमा पठाइएको छ ।

बाँकी चार जनाको पेप्सीकोलास्थित मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि