जेठ ०३, २०८१, बिहीबार
               

३ लाख २५ हजार किलो अवैध हरियो केराउ बरामद

नेपाल फ्ल्यास
असोज १४, २०७७

ADVERTISEMENT

 नेपाल–भारत सीमानजिकैको एक गोदामबाट ३ लाख २५ हजार किलो अवैध हरियो केराउ बरामद भएको छ । वीरगंज महानगरपालिका–१६ स्थित नेपाल–भारत सीमानजिकै रहेको श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालि गोदामबाट प्रहरीले उक्त केराउ बरामद गरिएको हो ।

बाराको परवानीपुर–३ लिपनीस्थित उक्त गोदामको आधिकारिक कार्यालय रहेको ललितपुर निवासी वेदान्त जंग राणा त्यस स्टोरको प्रोपाइटर रहेको खुल्न आएको छ ।

६५ सय बोरा ५० किलोको दरले ३ लाख २५ हजार किलो अन्दाजी मूल्य २ करोड ६० लाख रुपैयाँबराबरको हरियो केराउ भारततर्फ तस्करी गर्ने उद्देश्यले जम्मा गरी उक्त गोदाममा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

प्रदेश प्रहरी कार्यालय र जिप्रका पर्साको संयुक्त टोलीले गोदामबाट केराउ बरामद गर्ने क्रममा फर्मका म्यानेजर प्रभात श्रेष्ठ र ना.६ त ८७१० नम्बरको ट्याक्टरसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जिप्रका बाराले जनाएको छ ।

    


कस्तो लाग्यो ?

यो पनि