जेठ ०३, २०८१, बिहीबार
               

जंगलमा हराएकाको बाघको आक्रमणबाट मृत्यु, खोज्‍न गएका दुईजना घाइते

नेपाल फ्ल्यास
असोज १४, २०७७

ADVERTISEMENT


वीरगंज । बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिका–६ का २७ वर्षीय संगम भण्डारीको मृत्यु भएको हो ।

बाघको आक्रमणमा परी सोही ठाउँका २८ वर्षीय अशोक थापा र ३५ वर्षका प्रवीण थापा घाइते भएका छन् । नजिकै रहेको जँगलमा घाँस काट्न गएका भण्डारी अघिल्लो दिनदेखि हराइरहेका थिए ।

उनको खोजी गर्न प्रहरी र वन गस्तिको टोली जंगलमा जाँदा भण्डारी मृत अवस्थामा फेला परेको चन्द्रपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार मृतक भण्डारीको शरीरको ढाडभन्दा तल्लो भाग बाघले आक्रमण गरी खाइदिएको छ ।

हराएका शाहीलाई उनकै टोलका युवकहरु खोजी गर्न जंगलमा गएको र उनीहरु पनि बाघको आक्रमणमा परेका थिए । तीमध्ये भागेर ज्यान जोगाएका दुईजना घाइते भएका हुन् ।

उनीहरुको हातखुटा मुखमा चोट लागेको छ । घाइते भएका दुवैजना युवकको चन्द्रपुरस्थित चन्द्रपुर अस्पतालमा उपचार भइरहेको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको शाहीले बताए ।


कस्तो लाग्यो ?

यो पनि