जेठ ०४, २०८१, शुक्रबार
               

बागमतीमा एक शव फेला

नेपाल फ्ल्यास
असोज १४, २०७७

ADVERTISEMENT

सर्लाही । सर्लाहीको बागमती नदीमा एक वृद्धको शव फेला परेको छ ।

मंगलबार बागमती नगरपालिका-११ का ७० वर्षीय जयबहादुर कार्कीको नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

नदीमा डुबेर मृत्यु भएको अवस्थामा कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

बागमती सिंचाइ ड्याम नजिकै डुबेको अवस्थामा कार्कीको शव फेला परेको हो । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि