जेठ ०४, २०८१, शुक्रबार
               

खुकुरी प्रहार गरी श्रीमानको हत्या

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

दोलखा । श्रीमतीको खुकुरी प्रहारबाट दोलखामा एक पुरुषको मृत्यु भएको छ ।

श्रीमतीको खुकुरी प्रहारबाट शैलुङ गाउँपालिका-८ मानागाउँका ५२ वर्षीय हस्तनारायण श्रेष्ठको सोमबार राति मृत्यु भएको हो ।

श्रीमान-श्रीमतीबीच घर झगडा हुँदा आवेगमा आएर श्रीमती (४७ वर्षीय दुर्गामाया श्रेष्ठ) ले श्रीमानलाई खुकुरी प्रहार गरेकी थिइन् ।

त्यसक्रममा श्रीमानको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी भैंसेको प्रहरी टोलीले घटनास्थलबाट एउटा खुकुरी र एउटा कोदालोसहित दुर्गामायालाई पक्राउ गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि