जेठ ०४, २०८१, शुक्रबार
               

बालिका बलात्कार अभियोगमा २ जना पक्राउ

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय सप्तरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ ।

पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको मौखिक उजुरी पछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको हो । 

यता रौतहटमा पनि बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटहरिया नगरपालिका १ भसेढ्वा प्रसौनी टोलका ३५ वर्षीय इन्दल दास रहेका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

सोमबार राति सोही टोलकी १५ वर्षीया बालिका बलात्कार भएकाे भन्दै पीडित बालिकाको बाबुले दिएको जाहेरीका आधारमा दासलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि