जेठ ०४, २०८१, शुक्रबार
               

अज्ञात समूहले गरे २७ वटा चिहान उत्खनन्

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

सोलुखुम्बु । सोलुखुम्बमा अज्ञात समूहले दुई दर्जभन्दा बढी चिहान उत्खनन गरेका छन्  ।

साेलुखुम्बकाे थुलुङ दूधकाेसी-७ डोलेमडाँडामा २७ वटा चिहान उत्खनन गरिएकाे अवस्थामा स्थानीयले देखेपछि मंगलबार प्रहरीलाई खबर गरेका छन्  ।

गएराति उत्खनन हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक टेकनन्द लिम्बुका अनुसार यस विषयमा अनुसन्धानकाे लागि घटनास्थलमा प्रहरी परिचालन गरिएकाे छ । यस घटनामा संलग्नकाे खाेजी कार्य सुरु गरिएकाे प्रहरी नायव उपरीक्षक लिम्बुले नेपाल फ्ल्यासलाई बताए । 


कस्तो लाग्यो ?

यो पनि