जेठ ०४, २०८१, शुक्रबार
               

जोरबिजोर प्रणालीको बेवास्ता गर्दै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

संघीय राजधानी काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । सवारी संख्या बढ्न थालेसँगै प्रहरीले मंगलबारबाट जाँचमा तीव्रता दिएको हो । जोरबिजोर प्रणाली कायमै रहे पनि यसअघि कडाइ गरिएको थिएन । तर, मंगलबार काठमाडौं उपत्यकाभित्र दिनभर ट्राफिक प्रहरीको सक्रियता एकाएक बढ्यो । 

प्रहरीको जाँचले धेरै ठाँउका सडकमा जाम देखियो ।  उपत्यकाभित्रका तीनवटै जिल्लामा ट्राफिक प्रहरीले बाटोमा  ‘चेकिङ प्वाइन्ट’ थापेर चेक गरेका थिए । 

गृह मन्त्रालयका एक अधिकारीले भने ‘उपत्यकाभित्र जारी गरेको निषेधाज्ञामध्ये निजी तथा सार्वजनिक सवारी साधनमाथि लगाइएको प्रतिबन्ध भने फुकुवा भएको छैन । जोरबिजोरका आधारमा सार्वजनिक तथा निजी सवारीसाधन चल्न भनिएको छ। तर, यस्तो नियमलाई अटेर गर्दै सवारी सञ्चालनमा आएपछि निरुत्साहनको लागि चेकिङ बढाइएको हो । 

धेरै ठाउँमा नियम नमानेपछि कारबाही गर्न बाध्य भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले बताए । त्यसो त निषेधाज्ञा र लकडाउनका सुरुका दिनमा ट्राफिक प्रहरीले कडाइका साथ सवारीको चेक गरेका थिए । तर, सडकमा खटिएका प्रहरी कोभिड-१९ को संक्रमण हुने क्रम व्यापक भएपछि क्रमशः चेकिङ विस्तारै कमजोर बनाइएको थियो ।

चेकिङमा अधिकांश दुईपांग्रे सवारी नियनत्रणमा लिइएको छ । उनीहरुलाई साँझ छाडिएको छ । मंगलार दिनभर उपत्यकाभर १५ सय ९५ सवारी साधान सवारीसाधन कारबाहीमा परे । ६१ वटा भाडाका सवारीसाधान कारबाहीमा परेका एसएसपी ढकालले नेपाल फ्ल्यासलाई जनाए । 

त्यस्तै, सरकारले सार्वजनिक सवारीसाधनमा सर्तसहित सञ्चालन गर्न दिएको छ । ठूला सवारीसाधनमा सामाजिक दूरी कायम गरेर यात्रु हाल्न पाइन्छ । तर, काठमाडौं उपत्यकाभित्र सञ्चालनमा आएका केही सार्वजनिक सवारीले तोकेभन्दा बढी यात्रु हालेर चलाएको भेटिएको छ । 

काठमाडौं उपत्यकाभित्र करिब १० लाख निजी तथा सार्वजनिक सवारीसाधन चल्दै आएका छन् । सरकारले जोरबिजोर लागू गरेपछि झन्डै आधा सवारीसाधन मात्र चल्नुपर्थ्यो । तर, सरकारको नियम नमान्दा सावारीको भीड बढेपछि ट्राफिक प्रहरी यसरी चेकिङमा उत्रिएको हो । र, यसलाई निरन्तरता दिने प्रहरीको दाबी छ । 

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र कोभिड १९ सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ। सरकारले संङ्क्रमण नियन्त्रण गर्न भन्दै सार्वजनिक सवारीसाधन सञ्चलनमा जोरबिजोर प्रणाली लागू गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि